News by: helpline
जनकपुरधाम । मधेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उहाँले पाँचजना सांसदलाई कारबाही गरेकोमा उपसभामुख बबिता कुमारी राउत ईशरले कारवाही बदर गर्नु भएको छ ।
लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई बिहिबार पदमुक्त गर्नुभएको थियो । सभामुख मण्डलले नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारमाथि कारबाही गर्नुभएको थियो ।
तर बिहिबारनै उपसभामुख राउतले ती सांसदहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख गर्दै सूचना जारी गर्नुभएको थियो । संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था रहेको छ ।
सोही धाराको उपधारा ‘घ’ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ । सोही धारा प्रयोग गरेर सभामुख मण्डलले उनीहरुलाई पदमुक्त गर्नुभएको हो । मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेपछि उपसभामुख राउतले कारवाही बदर भएको भन्दै प्रतिवाद गर्नुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने