News by: helpline
काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा बसेको सात दललाई सकस भएको छ ।
मुख्यमन्त्री बारे छलफल गर्न बिहिबार बसेको बैठकमा कांग्रेस र लोसपा ( लोकतान्त्रिक समाजवादी पार्टी) ले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको छ । कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसको पालो भन्दै मुख्यमन्त्री दिनु पर्ने अडान राखेको थियो ।
लोसपाले भने जितेन्द्र सोनलको सरकार धेरै दिन नचलेको र अपमानपूर्ण हट्नु परेकोले एक पटक फेरि लोसपालाई अवसर दिनु पर्ने भन्दै मुख्यमन्त्रीको दाबी गरेको छ । सात दलभित्र प्याकेजमै सहमति भएपछि मुख्यमन्त्रीको टुंगो लाग्ने नेताहरुको भनाई छ । बिश्वासको मत पाउने संभावना नदेखेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले हिजो बुधबार पदबाट राजीनामा दिनु भएको थियो ।
गत सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले बिश्वासको मत नपाउने देखेपछि पदबाट राजीनामा दिनुभएको हो । तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले राजीनामा दिएपछि नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादव २३ कात्तिकमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
उहाँलाई प्रदेशसभाको सबैभन्दा ठूलो संसदीय दलको नेताका हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम नियुक्ति गरिएको थियो ।उपचारका लागि भनेर काठमाडौं हिँड्नु भएकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको कालापानीस्थित पानस कटेज होटलमा २४ कात्तिकमा यादवलाई शपथ गराउनु भएको थियो । त्यसबिरुद्ध कांग्रेस लागायतका ७ दलका प्रदेश सभा सदस्यले सर्वाेच्च अदालतमा रिट हालेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने