News by: helpline
काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित विपक्षी सात दलका सांसदले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मुख्यमन्त्री यादवको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न समेत आदेश दिएको छ ।
सर्वोच्चले मधेस प्रदेश सरकार गठनबारे आउँदो मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने जनाएको छ । मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जबाफ पेस गर्न लगाई अन्तिम सुनुवाइका लागि सोही मितिमा पेस गर्न आदेश गरेको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,