News by: helpline
काठमाडौं । मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनभएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकमा उनीमाथि लगाइएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएको हो । सभामुखको विपक्षमा अर्थात् पदअनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उहाँको विपक्षमा भने शून्य मत परेको छ ।
सभामुख मण्डल भने आज बैठकमा अनुपस्थित रहनु भएको थियो । हाल मधेश प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । जसको दुई तिहाई ७२ मत हुन्छ । गत कात्तिक २७ गते उहाँमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यले पदअनुसार आरचण नगरेको प्रस्ताव दर्ता गराउनु भएक
सभामुखको विपक्षमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका रहेका थिए । एमाले, राप्रपाका सांसद र नेपाल संघीय समाजवादीका सांसद पनि आज अनुपस्थित रहेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,