24th December 2025, Wednesday

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं ।  मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनभएको छ ।

बुधबार बसेको प्रदेशसभा बैठकमा उनीमाथि लगाइएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुई तिहाईले पारित भएको हो । सभामुखको विपक्षमा अर्थात् पदअनुसार आचरण नगरेका पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उहाँको  विपक्षमा भने शून्य मत परेको छ ।

सभामुख मण्डल भने आज बैठकमा अनुपस्थित रहनु भएको थियो । हाल मधेश प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । जसको दुई तिहाई ७२ मत हुन्छ । गत कात्तिक २७ गते उहाँमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यले पदअनुसार आरचण नगरेको प्रस्ताव दर्ता गराउनु भएक

सभामुखको विपक्षमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका रहेका थिए । एमाले, राप्रपाका सांसद र नेपाल संघीय समाजवादीका सांसद पनि आज अनुपस्थित रहेका थिए ।

 


No ad available.


No ad available.