News by: helpline
काठमाडौं । मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश सभाबाट आइतबार सभामुखमा निर्वाचित हुनुभएका यादवले शपथ ग्रहण गर्नुभएको हो ।उहाँलाई मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराउनुभएको हो ।
जनता समाजवादीका नेता यादव आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित हुनुभएको थियो । सभामुखमा निर्वाचित हुनु अघि उहाँ जनता समाजवादी पार्टीका तर्फबाट प्रदेश सभामा प्रमुख सचेतक हुनुहन्थ्यो । यादवको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उम्मेदवारी दिनुभएको थियो । प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत यादव सभामुख पदमा निर्वाचित हुनुभएको हो ।
उहाँको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरुमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो ।
नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उहाँको पक्षमा मतदान गरेका थिए ।
त्यस्तै नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले यादवको विपक्षमा मतदान गरेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने