News by: helpline
काठमाडौं । मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
प्रदेश सभाबाट आइतबार सभामुखमा निर्वाचित हुनुभएका यादवले शपथ ग्रहण गर्नुभएको हो ।उहाँलाई मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराउनुभएको हो ।
जनता समाजवादीका नेता यादव आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित हुनुभएको थियो । सभामुखमा निर्वाचित हुनु अघि उहाँ जनता समाजवादी पार्टीका तर्फबाट प्रदेश सभामा प्रमुख सचेतक हुनुहन्थ्यो । यादवको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उम्मेदवारी दिनुभएको थियो । प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत यादव सभामुख पदमा निर्वाचित हुनुभएको हो ।
उहाँको पक्षमा प्रदेश सभामा उपस्थित ९६ प्रदेशसभा सदस्यहरुमध्ये ७२ मत परेको थियो भने विपक्षमा २४ मत परेको थियो ।
नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीले उहाँको पक्षमा मतदान गरेका थिए ।
त्यस्तै नेकपा एमाले, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीले यादवको विपक्षमा मतदान गरेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,