22nd October 2026, Thursday

मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

Post Image
11 महिना अगाडी

News by: helpline

काठमाडौं । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ।

आज शनिबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक बोलाएको भए पनि बैठकमा कांग्रेस, माओवादी,जसपा,लोसपा लगायत सात दल उपस्थित भएनन् । वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलका नेताका रूपमा सहभागी हुने भएपछि अन्य दलहरू बैठकमै नगएका हुन् ।

सात दलीय गठबन्धमा रहेका नेताहरुका अनुसार असंवैधानिक रूपमा नियुक्त भई होटलमा सपथ खानुभएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी हुने भएकाले सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो। यादव असंवैधानिक रूपमा नियुक्त भएकाले भन्दै सात दलले सर्वोच्चमा रिट द छन् । त्यसको सुनुवाइ हुन बाँकी छ। त्यसकारण विवादित मुख्यमन्त्री रहेको बैठकमा सात दलीय गठबन्धनले उपस्थित नहुने निर्णय भएको उनीहरुको भनाई छ । प्रदेश प्रमुख डा. लाभले मधेशमा चुलिएको राजनीतिक सङ्कट समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।



No ad available.


No ad available.