News by: helpline
काठमाडौं । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका प्रदेश सभा सदस्य सरोज कुमार यादव(महोत्तरी) लाई नियुक्त गर्नुभएको छ ।
बिरामीको बहाना बनाएर काठमाडौं हिड्नु भएकी प्रदेश प्रमुख भण्डारीले आज सोमबार बिहान महोत्तरीको बर्दिवासस्थित पानस कटेजमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता सरोज कुमार यादव(महोत्तरी)लाई नियुक्त गर्नुभएको हो । सोमबार बिहानै ४ भण्डारी बजे बिरामी छु भन्दै जनकपुरबाट काठमाडौंका लागि हिड्नु भएको थियो ।
तर उहाँले बाटैमा यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभयो । प्रदेश प्रमुख भण्डारीलाई कांग्रेससहित ७ दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलले सरकार बनाउन भन्दै आह्वान गर्न दबाब दिइरहेका थिए । एमालेले पनि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै दबाब दिएको थियो ।
एमाले कोटामा प्रदेश प्रमुख बन्नु भएकी भण्डारीले ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ बमोजिम एमाले संसदीय दलको नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नु हुने हो कि भन्ने शंकाले हिजो आइतबार कांग्रेस सहित अन्य सात दलले प्रदेश प्रमुख भण्डारीलाई ध्यानाकर्षण गराएका थिए ।
तर भण्डारीले कांग्रेस सहित सात दलको बेवास्ता गर्दै यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभयो । केही दिनअघि मात्र लोसपाका जितेन्द्र सोनलले विश्वाको मत नपाउने अवस्था आएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,