22nd October 2026, Thursday

मधेस प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रिले दिए राजीनामा

Post Image
5 दिन अगाडी

News by: helpline

काठमाडौं । मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमालेबाट मन्त्री भएका चार जनाले राजीनामा दिनुभएको छ ।

 एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री हुनुभएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिनुभएको हो ।

चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाउनुुभएको हो । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको संयुक्त गठबन्धनको सरकार छ ।

 एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभयो ।



No ad available.


No ad available.