News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिने भ्रमपूर्ण र मिथ्या सूचनाको पछि नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेस प्रदेशका विभिन्न तहका नेतासँग भएको छलफलमा बोल्दै सभापति थापाले कुनै पनि विषयमा धारणा बनाउनुअघि त्यसको सत्यतथ्य र आधिकारिकता जाँच गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कुनै विषय सार्वजनिक हुनेबित्तिकै हतारमा टिप्पणी गर्ने, बोल्ने वा लेख्ने प्रवृत्ति त्याग्न आग्रह गर्दै अपुष्ट सूचनाका आधारमा प्रतिक्रिया दिँदा समाजमा अनावश्यक भ्रम फैलिन सक्ने उल्लेख गर्नुभयो । सभापति थापाले नेपाली कांग्रेस मुलुकको प्रमुख र जिम्मेवार राजनीतिक शक्ति भएकाले समाजमा देखिने जटिल परिस्थितिलाई संयमित ढंगले व्यवस्थापन गर्ने दायित्व पनि कांग्रेसकै रहेको धारणा ब्यत्तः गर्नुभयो ।
पार्टीका कामकारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन शनिबार सार्वजनिक बिदाको दिन पनि केन्द्रीय कार्यालय खुला रहने जानकारी दिँदै उहाँले पार्टीका कर्मचारी, पदाधिकारी तथा आफू स्वयं नेता–कार्यकर्ताको सम्पर्कमा रहने बताउनुभयो । उहाँले संसदीय दलका नेता र सांसदहरूलाई समेत सक्रिय रूपमा परिचालन गरिएको जानकारी दिए।
छलफलमा केन्द्रीय नेताका साथै कोशी र मधेस प्रदेशका प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधि सहभागिता रहेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक