News by: helpline
काठमाडौं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतपेटिका संकलनको समय घटाउने र मतदानकै दिन साँझदेखि मतगणना कार्य शुरु गर्ने योजना बनाएको छ ।
आयोगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाताको प्रतीक्षाको समय छोट्याउन यस्तो रणनीति लिएको बताउनुभएको हो । आयोगले मतदान सम्पन्न भएलगत्तै छिटो भन्दा छिटो नतिजा सार्वजनिक गर्नेगरी तयारी तीब्र पारेको उहाँले बताउनुभयो । प्रवक्ता भट्टराईले विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका संकलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइने बताउनुभयो ।
उहाँले आयोगको योजना अनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना शुरु गर्ने कार्यलाई प्राथमिकता दिइने समेत बताउनुभयो। यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उहाँले बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,