News by: helpline
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारका बारेमा मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।
मतदान सम्पन्न नहुँदासम्म मत सर्वेक्षण गर्न र त्यसको नतिजा सार्वजनिक गर्न नपाइने भन्दै आयोगले त्यसो गरेमा कारवाही हुने चेतावनी दिएको छ । आयोगले मतदान हुनुअघिनै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा मतदाताको स्वतन्त्र निर्णय दिग्भ्रमित हुने र यसले उम्मेदवारहरूलाई हतोत्साही बनाउने तथा प्रतिस्पर्धाको वातावरणमा खलल पु¥याउने जोखिम रहेको बताएको छ ।
साथै निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न सबै पक्षलाई आह्वान गर्दै प्रविधिको दुरुपयोगप्रति पनि गम्भीर बन्न आयोगको आग्रह रहेको छ ।
पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग गरी तयार गरिएका दिग्भ्रमित सामग्री सामाजिक सञ्जालमा प्रसारण भएको हुदाँ उक्त कार्य नगर्न र नगराउन समेत आयोगले आग्रह गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,