News by: helpline
काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ ।
बिहीबार रातिदेखि नै सुरु भएको मतगणना आज आइतबार पनि जारी छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि भएको निर्वाचनमा दुबैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा लहर देखिएको छ ।
प्राप्त पछिल्लो परिणाम अनुसार प्रत्यक्षतर्फ अहिलेसम्म रास्वपाले १ सय २० सिटमा बिजय हासिल गरेको छ । नेपाली कांग्रेसले १७ सिटमा बिजय हासिल गरेको छ । नेकपा एमालेले ७ सिटमा बिजय हासिल गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ७ स्थानमा बिजय हासिल गरेको छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ । यस्तै म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महाबीर पुन बिजयी हुनुभएको छ । मत गणना जारी रहेका स्थानमा रास्वपाकै उम्मेदवार अगाडी छन् ।समानुपातिक तर्फपनि रास्वपाले २० लाख मत कटाइसकेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,