24th December 2025, Wednesday

मिराज ढुंगानानाको समूहले मंगलबार जेनजी आन्दोलन थप चर्काउने

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । जेन्जी अगुवा नेता मिराज ढुंगानानाको समूहले मंगलबार आफूहरुको आन्दोलन थप चर्किने जनाएको छ ।

सोमबार काठमाडौंको माइतिघर मण्डलामा संयुक्त जेनजी आन्दोलन समर्थकहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको अवस्थामा प्रहरीले धरपकड गरेको थियो । आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रहरी दमनप्रति संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भत्र्सना गरेको छ ।

सोमबार आज संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’ शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा केही आन्दोलनकारी घाइते भएका छन् र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइए पनि सामूहिक गिरफ्तारीको दबाबपछि तत्काल रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी प्रवृत्ति उजागर गरेको छ ।’

जनताको आवाज दबाउने काम कहिल्यै सफल नभएको भन्दै संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध हुँदै अझ सशक्त रूपमा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन सम्पूर्णमा आग्रह गरेको छ ।

संयुक्त जेनजी आन्दोलन डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी समेत बिज्ञप्तिमा दिइएको छ ।



No ad available.


No ad available.