14th April 2026, Tuesday

मारिए इरानका सर्वोच्च नेता खामेनेई

Post Image
1 महिना अगाडी

News by: helpline

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष्टि गरेका छन्।

शनिबार बिहान इजरायल र अमेरिकाले संयुक्तरूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक ठेगानाहरूमा गरेको शक्तिशाली आक्रमणका क्रममा खामेनेईको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । हिजो शनिबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा ठूला विष्फोटका आवाजहरू सुनिएका थिए।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार, तेहरानस्थित खामेनेईको निवास (परिसर) लाई लक्षित गरी गरिएको “अत्यन्तै शक्तिशाली र सटीक“ हमलामा उनको मृत्यु भएको हो। इरानी सरकारी टेलिभिजनले शोकको घोषणा गर्दै यस घटनालाई राष्ट्रिय क्षति भनेको छ।

बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो आक्रमण दशकौँपछिको सबैभन्दा ठूलो र प्रत्यक्ष सैन्य हस्तक्षेप मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हमलामा इरानका सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पले बताउनुभएको छ ।

 ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै खामेनेई इतिहासकै अत्यन्त खराब व्यक्तिमध्ये एक रहेको उल्लेख गर्दै उनी मारिएको दाबी गर्नुभएको हो । खामेनेईको मृत्युको इरानमा चालिस दिने शोकको घोषणा गरिएको छ ।



No ad available.


No ad available.