News by: helpline
काठमाडौं । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ८ दलले १८ बुँदे पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
आइतबार बसेको ती दलहरुको बैठकमा एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । हस्ताक्षर गर्नेमा माओवादी केन्द्र (पुष्पकमल दाहाल), नेकपा एस (माधवकुमार नेपाल), नेपाल समाजवादी (महिन्द्रराय यादव), नेकपा समाजवादी (राजु कार्की), जनसमाजवादी (सुभाषराज काफ्ले) र नेकपा (चिरण पुन), माओवादी समाजवादी (कर्णजीत बुढाथोकी) र नेकपा साम्यवादी (प्रेमबहादुर सिंह) छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता भएको नेताहरुले बताएका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने