News by: helpline
काठमाडौं । मनाङ लगायतका हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ ।
मनाङको पिसाङ, नार्पाभूमि लगायतका क्षेत्रमा हिमपात भइरहेको हो । सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको छ । खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फ बाक्लो हिमपात भएको छ । मनाङको सदरमुकाम चामेमा पानी परिरहेको छ ।
माथिल्लो क्षेत्रमा सोमबार राति साढे ९ बजेदेखि हिमपात भइरहेको छ । अन्नपूर्ण पदमार्गबाट तिलिचो र थोराङ्ला पास गर्ने पर्यटकलाई हिमपात नरोकिएसम्म जहाँको त्यहीँ रोकिन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको बताएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने