24th February 2026, Tuesday

मुलुकभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव -हिमपात र बर्षा

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव काठमाडौं उपत्यकामा पनि देखिएको छ। काठमाण्डौ उपत्यकामा हल्का वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भएको हो । पश्चिम नेपाल हुँदै पूर्बतर्फ बढेको मौसमी प्रणालीको कारण वर्षा काठमाडौंसम्म आइपुगेको हो । पश्चिम नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा गए रातिदेखि नै बर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको सबैभन्दा धेरै प्रभाव सुदूरपश्चिम प्रदेशमा छ । बादल क्रमश: पूर्वतिर फैलदै कोशी प्रदेशसम्मै पुग्ने छ । तर, पूर्व सम्म पुग्दा यसको प्रभाव न्यून हुने मौसम पुर्बानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्बानुमान महाशाखाका अनुसार पानी पार्ने बादल छिटोछिटो पूर्वतिर सरिरहेको छ । यो बादलको प्रभावले पूर्वी पहाडी जिल्लाका भूभागसम्मै वर्षा गराउने पूर्वानुमान छ । महाशाखले प्रकाशित गरेको मौसम बुलेटिन अनुसार आगामी सुक्रबारसम्म मौसम प्रभावित रहेको छ। बुधबार राती पनि देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि मौसम बुधबारको जस्तै रहने छ। त्यसैगरी सुक्रबार रातीसम्म तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।

No ad available.


No ad available.