News by: helpline
काठमाडौं । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन नेकपा एमालेले ह्वीप जारी गरेको छ ।
नेपाली कांग्रेसका बहादुरसिंह लामालाई हटाएर कांग्रेसकै बानियाँ यही साउन २० गते मुख्यमन्त्री बन्नु भएको थियो । बानियाँले आउँदो मंगलबार बिश्वासको मत लिदैं हुनुहुन्छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले साउन २७ गतेको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना प्रदेश सभाका सांसदहरुलाई ह्वीप जारी गर्नुभएको हो । मुख्यमन्त्री बानियाँले साउन २७ गते मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो । यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ ।
कांग्रेसका बागमती प्रदेश सभापति समेत रहनुभएका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । ११० सदस्य रहेको बागमती प्रदेशसभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ । यसमा कांग्रेस र एमालेका सांसदको बहुमत रहेकाले बानियाँलाई बिश्वासको मत लिन सहज हुनेछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने