News by: helpline
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा आज मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
यसैगरी दुर्घटनामा १९ जना घाइते भएका छन् । लु५त १४७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा घाइते २२ जनामध्ये गम्भीर घाइते तीनै जनाको हेटौँडास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये केहीको हेटौँडा अस्पताल तथा केहीको चुरे हिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,