23rd August 2026, Sunday

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

Post Image
7 महिना अगाडी

News by: helpline

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा भएको सुमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३ जना घाईते भएका छन् । भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आइतबार साँझ ना १ ज १७७८ नं. को सुमोमा सवार ९ जनामध्ये दुर्घटनामा परी ६ जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो । मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन ।

घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।



No ad available.


No ad available.