News by: helpline
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाउनु भएको छ ।
आज शनिबार बसेको पार्टीको सचिवालय बैठकमा नेकपा एकीकृत समाजवादीसँग एकता गर्न लागेको प्रति नेता शर्माले माओवादी केन्द्रले माओवाद छोडेर पार्टी एकता गर्न खोजेको र महाधिवेशन टार्न लागेको आरोप लगाउनु भएको थियो । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले शर्माले अराजक व्यवहार देखाएको आरोप लगाउनु भएको हो । दाहालका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बैठकबाट बाहिनिु भएको थियो ।
दाहालले शर्माको त्यो शैली राम्रो नभएको टिप्पणी गर्नुभयो । शनिबार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा नेता शर्मा समाजवादीसँगको सो कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिनु भएको थियो । माओवादी केन्द्रको बैठकले नेकपा एकीकृत समाजवादी (नेकपा एस), नेकपा समाजवादी, जनसमाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी (चिरन पुन) समूहसँग एकता गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले शुक्रबार माओवादीसँग एकता गर्ने नीतिगत निर्णय गरेपछि शनिबार बसेको माओवादीको केन्द्रीय सचिवालयले नेकपा एकीकृत समाजवादी लगायत अन्य दलसँग एकता गर्ने निर्णय गरेको हो ।
नेता शर्माले भने विचार छाडेर हुने एकतामा ‘सती’ जान नसकिने बताउनु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने