22nd October 2026, Thursday

महानवमीमा मात्र खुल्ला हुने तलेजु भवानीको मन्दिरमा भक्तजनको घुइँचो

Post Image
1 दिन अगाडी

News by: helpline

काठमाडौं । वर्षको एक दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा भक्तजनको भिड लागेको छ ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक महानवमीको दिन मात्र खुल्ला हुने गर्दछ । मंगलबार बिहानैदेखि तलेजु भवानीको मन्दिरमा दर्शन गर्नेहरुको भिड लागेको थियो ।

कोत, दसैँघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ । तलेजु भवानीलाई विजयादशमीको दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । 

भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । सर्वसाधारणका लागि दसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरमा कोतपर्वपछि ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो ।

त्यही चलन अनुसार सोमबार महाअष्टमीका दिन ५४ वटा राँगा र ५४ वटा बोकाको बली दिइएको थियो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । नेपाली सेनाको हेडक्वार्टरबाट मार हान्न केही सैनिक खटाइन्छन् ।



No ad available.


No ad available.