News by: helpline
ललितपुर । “शिक्षा र कानुनी जागरुकता–उज्यालो भविष्यको आधार“ भन्ने नारासहित ललितपुरको महालक्ष्मी नगरपालिकाद्वारा आयोजित विद्यालय स्तरीय कानुनी सचेतना कार्यक्रम शुरु भएको छ ।महालक्ष्मी नगरपालिकामा भएका सम्पूर्ण विद्यालयहरूमा जाने क्रममा आज वडा नम्बर १ देखि यो कार्यक्रम शुरु भएको हो । विद्यार्थीहरूलाई आफ्नो अधिकार, कर्तव्य र कानुनी व्यवहारबारे स्पष्ट ज्ञान प्रदान गर्ने उद्देश्यले यो कार्यक्रमको शुरुवात गरिएको नगरपालिकी उपमेयर एवं न्यायिक समितिकी संयोजक समेत रहनु भएकी लक्ष्मी महर्जनले जानकारी दिनुभयो । यस कार्यक्रमले बिद्यार्थीमा जिम्मेवारपूर्ण नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाले अपेक्षा गरेको छ । कार्यक्रमले कानुनी सचेतनामा बिद्यार्थीहरुलाई थप मद्दत पुग्ने पनि उपमेयर महर्जनको विश्वास छ । यो कार्यक्रम नगरपालिका भित्र रहेका सबै वडाका बिद्यालयहरुमा संचालन गरिने छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने