24th February 2026, Tuesday

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मदेवारहरूको मनोनयन दर्ता सम्पन्न, १८ पदका लागि ४४ जनाको उम्मेदवारी

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मदेवारहरूको मनोनयन दर्ता सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार बुधबार सात वटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

  ४४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगका अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदानको कार्यक्रम रहेको छ ।

राष्ट्रिय सभामा रिक्त १८ पदका लागि निर्वाचन हुन लागेको हो । जसमा ४४ जनाको उम्मेदवारी परेको हो । 



No ad available.


No ad available.