24th February 2026, Tuesday

माघ 6गते प्रत्यक्ष तर्फको उम्मेदवारको मनोयन दर्ता हुदै बिहान 10 बजेदेखि 5 बजेसम्मको समय

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने आम निर्वाचनकोलागि प्रत्यक्ष निर्वाचित हुने १ सय ६५ निर्वाचन क्षेत्रको उम्मेदवारको मनोनय दर्ता भोलि माघ ६ गते हुदैछ । माघ ६ गते विहान १० वजे देखी ५ वजेसम्म उम्मेदवार स्वंम वा वारेस मार्फत उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा निर्वाचनका लागि दर्ताभरका राजनीतिकदलहरुले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १ सय ६५ निर्वाचनक्षेत्रमा प्रतिश्पर्धाको लागि भोलि मनोनय दर्ता गर्नेछन् । १००% निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते पहिलो हुने प्रत्यक्ष निर्वाचित प्रणाली अन्तर्गत १सय ६५ निर्वाचन क्षेत्रकोलागि उम्मेदवारको मनोनय दर्ता हुदैछ । निर्वाचन आयोगमा दल दर्ता गरेका राजनीतिकदलहरुले भोलि साँझ कार्यलय समय सम्ममा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको १सय ६५ निर्वाचन क्षेत्रमा प्रतिश्पर्धा गर्ने उम्मेदवारको मनोनय दर्ता गर्ने छन् । आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि ८८ मुख्य निर्वाचन अधिकृत तोकेर मनोनय दर्ताको व्यवस्था मिलाइ सकेको छ । निर्वाचन आयोगका अनुसार माघ ६ गते १० वजे देखी ५ वजे सम्म मनोनयन दर्ता समय रहेको र कुनै पनि शर्तमा कार्यतालिका परिमार्जन नहुने भन्दै सबैले निर्धारित समयमा मनोनयन दर्ता गर्नुपर्ने छ। आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा सहभागि हुन निर्वाचन आयोगमा १ सय ३७ राजनीतिदलले दर्ता गराएका छन् । यसरी दर्ता भएका राजनीतिकदलहरुले तोकिएको मितिमा निर्धारित जिल्ला निर्वाचन कार्यलयमा उम्मेदवारको मनोनय दर्ता गर्नुपर्ने छ । आयोगमा दर्ता राजनीतिकदलहरु मध्ये कसैले एक्लै त कसैले अन्य राजनीतिकदलसंग गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट प्रतिश्पर्धा गर्ने तयारी गरेका छन । मनोनयन दर्ताको अघिल्लो दिन सोमबारसम्म अधिकांश राजनीतिकदलको उम्मेदवारको सूचि सार्वजनिक भइसकेको छ भने कतिपय दल उम्मदवारको अन्तिम नामावली टुङ्गो लगाउने छलफलमा व्यस्त रहेका छन् । निर्वाचन आयोगले उम्मेदवारको मनोनयनका लागि सम्पूण तयारी पुरा गरिसकेको छ । निर्वाचन आयोगले भौगोलिक वा अन्य कुनै कारणले सम्बन्धित ठाउँमा उम्मेदवार स्वम उपस्थित हुन नसकेपनि वारेस मार्फत मनोनयन दर्ता गर्न सकिने भएकाले केही अप्ठेरो भएमा आयोगले सहजीकरण गर्ने भएकाले सबैले जिम्मेवार पूर्वक मनोनयन दर्ताप्रकियामा सहयोग गर्न र सहभागि हुन आग्रह गरेको छ। फागुन २१ गतेको निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अध्यावधिक तथ्याङक अनुसार पुरुष ९६ लाख ६३ हजार ३ सय ५८ जना,महिला ९२ लाख ४० हजार १ सय ३१ जना र अन्य २ सय जनाले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । आयोगद्वारा प्रकाशित पछिल्लो अध्यावधिक तथ्याङक अनुसार २०७९ सालको मतदाता नामावलीमा भन्दा २०८२ सालको मतदाता नामावलीमा ९ लाख १५ हजार १ सय १९ मतदाता थपिएका छन् । जसमा पुरुषको संख्या ५ लाख २२ हजार ५ सय ५२ र महिलाको संख्यामा ३ लाख ९२ हजार ५ सय ५२ थपिएको छ भने अन्य मतदाताको सख्या १५ प्रतिशतले वृद्द्धी भएको छ । आयोगले २०८२ फागुन २१ गतेको मतदानको लागि देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरेको छ । आयोगको अध्यावधिक तथ्याङक अनुसार यो पटकको निर्वाचनको लागि ७५ वटा निर्वाचन स्थल र ८ सय ८५ मतदान केन्द्र थपिएको छ ।।

No ad available.


No ad available.