News by: helpline
एजेन्सी । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु भएको छ ।
आक्रमणमा १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै आपतकालीन सञ्चालन केन्द्रले बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइते भएको आज सोमबार जनाएको छ।
यसै गरी दक्षिणी लेबनानमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको र ५८ जना घाइते भएको जनाउदै केन्द्रले मृतकको सङ्ख्या बढ्न सक्ने जनाएको छ। सन् २०२४ नोभेम्बर मा युद्धविराम सम्झौता लागु भए पछि पहिलो पटक इजरायली इकाई तिर रकेट प्रहार गरिएको जनाइएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक