News by: helpline
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटकोे दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट रङ्गशालामा सम्पन्न इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी क्वालिफायरमा प्रवेश गरेको हो । काठमाडौ भने बाहिरिएको छ । जितका लागि पाएको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।
लुम्बिनीका डी’आर्सी जोन म्याथ्यूले सर्वाधिक ३३ रनको योगदान गरे। उनले ३४ बलमा २ छक्का प्रहार गरे। त्यस्तै, सन्दीप जोरा २३, कप्तान रोहित पौडेल १८, दिलीप नाथ ७, रुबेल ट्रप्मलम्यान ५ र दिनेश अधिकारीले ४ रन बनाए। काठमाडौंका सन्तोष यादवले २ तथा कप्तान करण केसी, सन्नी पटेल, राशिद खान र शाहब आलमले समान १ विकेट लिए। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १११ रनमा समेटियो । काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान दिए ।
उनले १७ बलमा एक छक्काको सहयोगमा २३ रन जोडेका हुन् । त्यसैगरी, जोन सिमसन र मोहमद आदिल आलमले समान १८÷१८ रन जोडे भने भीम सार्कीले १४ रन बनाए । कप्तान करण केसी नौ रनमा आउट भए । लुम्बिनीले अब विराटनगर किंग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने