News by: helpline
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरू खोस्ने गतिबिधि भए सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।
शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित कार्यक्रममा संयोजक दाहालले जनताका अधिकार खोसिए सह्य नहुने चेतावनी दिनुभएको हो । दाहालले रास्वपा नेतृत्वको वर्तमान सरकार ले रचनात्मक काम गरे आफूहरूको सकारात्मक सहयोग रहने बताउनु भयो । तर उहाँले संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पु¥याउने वा जनताको हक अधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो ।
विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उहाँले शतर्क रहन आग्रह गर्नुभयो । संविधान संशोधनको चर्चाबारे बोल्दै पूर्वप्रधानमन्त्री दाहालले आफूहरु संविधान संशोधनको विरोधी नभएको तर संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न र संघीयतालाई बलियो बनाउनका लागि हुनुपर्ने बताउनुभयो ।
हालै सम्पन्न निर्वाचनलाई ‘असामान्य र असाधारण’ संज्ञा दिँदै उहाँले निर्वाचन परिणामबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनु भयो । दाहालले ६ महिनाभित्रपार्टीको महाधिवेशन सम्पन्न गर्ने प्रतिवद्धता दोहो¥याउनु भयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक