News by: helpline
ललितरपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले मंगलबारबाट लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालन गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकाले अभियानको शुभारम्भ गरेको हो । यस वर्षको अभियानको नारा ̎प्रविधिको सही प्रयोग गरौं : लैंगिक हिंसा अन्त्य गरौं ̎ भन्ने रहेको छ । अभियानको शुभारम्भ गर्दै नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले महिला र बालबालिका बिरुद्ध हुने हिंसा रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिनु भयो । उहाँले नगरपालिका लैंगिक हिंसा रोक्ने अभियानमा नगरबासीसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना लगायत स्थानीय जनप्रति निधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरीबृत्त सातदोवाटोकी प्रहरी प्रमुख एबं प्रहरी नायव उपरीक्षक पूर्णिमा कुमारी चन्दले लंैगिक हिंसाबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नगरवासी लगायत सरोकारवाला बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन हुने गरेको छ । नेपालमा पनि बिविध कार्यक्रम गरी महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने