22nd October 2026, Thursday

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्ने भन्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले अहिले देखिएका राजनीतिक समस्या संविधान र गणतान्त्रिक व्यवस्थासँग पनि जोडिएको भन्दै त्यसबारे पुनर्विचार गर्ने बेला आएको बताउनुभयो ।

‘अहिलेको समस्या संविधान र तपाईंहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा समेत छ। यसमा पनि सोच्ने बेला आएको छ,’ उहाँले भन्नुभयो । लिङ्देनले लोकतन्त्रको विकल्प खोज्ने नभई लोकतान्त्रिक व्यवस्थाभित्र देखिएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो ।

राजनीतिक दलहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै देश र जनताको हितमा अघि बढ्ने बाटो तय गर्नुपर्ने उहाँको भनाइ थियो। लिङदेनले लोकतन्त्रलाई थप प्रभावकारी बनाउने र जनताका अपेक्षा सम्बोधन गर्ने विषयमा राजनीतिक दलहरूबीच बहस र संवाद आवश्यक रहेको बताउनुभयो । लोकतन्त्रको संरक्षण र सुदृढीकरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँकोे भनाइ थियो।



No ad available.


No ad available.