News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खुट्टामा लागेको चोटका कारण अस्पताल भर्ना हुनुभएको छ ।
गत माघ ५ गते जनकपुरमा आयोजित आमसभाका क्रममा खुट्टामा लागेको चोटमा संक्रमण देखिएपछि लामिछाने महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो ।
लामिछानेको सचिवालयका अनुसार सुरुमा सामान्य देखिएको चोट बढ्दै छालाको भित्री तहमा संक्रमण फैलिएको छ ।
चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्नेछ । संक्रमण फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने सचिवालयले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,