News by: helpline
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमामा एअर डाइनेष्टिको हेलीकोप्टर दुर्घटना भएको छ ।
काठमाडौंबाट बालाबेँसी तर्फ यात्रु बोकेर गाउँ पुगेको हेलीकोप्टर दुर्घटनामा परेको हो । सुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलीकोप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको थियो । चालकसहित छ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घाइते काजीबहादुर र चालक सविन थापालाई एयर डाइनेष्टी कम्पनीकै नाइन–एनएएनए नम्बरको अर्को हेलिकोप्टरबाट उपचारका लागि काठमाडौ ल्याइएको छ । सो हेलिकप्टरमा एक महिनाअघि बेलायतमा निधन भएकी बालाबेँसी निवासी ७७ वर्षीया मनलक्ष्मी राईको शव अन्त्येष्टि गर्न मृतकका आफन्तहरु सवार थिए ।
मृतकका श्रीमान् ८२ वर्षीय डाकमणि राई, छोरा ५३ वर्षीय बालकुमार राई, छोरी ४७ वर्षीया लक्ष्मी राई, आफन्त ४० वर्षीया समला राई र ललितपुर घर भएका घाइते काजीबहादुर हेलिकोप्टरमा सवार रहेको प्रहरीले जनाएको छ ।
आफन्तका अनुसार मृतक मनलक्ष्मीको शव भने गाडीमार्फत बिहीबार बालाबेँसी पुर्याइने छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,