24th December 2025, Wednesday

खराब मौसमका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान ‘डाइभर्ट’

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । खराब मौसम र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

खराब मौसम र भिजिबिलिटीका कारण तीनवटा अन्तर्राष्ट्रिय र एउटा आन्तरिक उडान अन्य गन्तव्यतर्फ डाइभर्ट भएका छन् । नयाँ दिल्लीबाट आएको एयर इन्डियाको उडान लखनउतर्फ मोडिएको छ भने कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको वाइडबडी विमान नयाँदिल्लीतर्फ पठाइएको छ ।

 सोही क्रममा चीनको छेन्दुबाट आउँदै गरेको सिचुवान एयरलाइन्सको विमान पनि प्रविधिगत समस्या आएपछि पुनः चीनतर्फ फर्किएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । त्यस्तै दिल्लीबाट आउँदै गरेको इन्डिगोको विमान पनि भारततर्फ डाइभर्ट भएको छ ।

आन्तरिकतर्फ, सुर्खेतबाट काठमाडौं आउँदै गरेको श्री एयरलाइन्सको विमान भैरहवातर्फ मोडिएको छ । हवाई मार्गमा देखिएको मौसमी अवरोध र न्यून दृश्यता नै उडान मोडिनुको प्रमुख कारण बनेको अधिकारीले बताएका छन् ।



No ad available.


No ad available.