News by: helpline
काठमाडौं । खाना पकाउने ग्याँसको अभाव भएको गुनासो बढेसँगै सरकारले आज शनिबार विभिन्न स्थानबाट सर्वसाधारणका लागि ग्यास वितरण गरिरहेको छ।
विभिन्न कम्पनीको ग्याँस वितरण गर्ने भनेर सरकारले सूचना जारी गरेपछि सर्वसाधारणहरु लामबद्ध भएका छन् ।सरकारले मागभन्दा बढी ग्यास आयात भइरहेको भन्दै अनावश्यक रुपमा सिलिन्डर थुपारेर नराख्न सर्वसाधारणलाई आग्रह गरेको छ। यद्यपि यो लाइनले ग्यास वितरण सहज रुपमा भइरहेको छैन भन्ने संकेत गरेको छ।
सरकारले काठमाडौंको पुरानो जिल्ला प्रशासन कार्यालय बहरमहल, यातायात कार्यालय चाबहिल, बसुन्धरा र राधा स्वामी कीर्तिपुर र नेसनल ट्रेडिङको कार्यालय टेकुबाट सर्वसाधारणहरुका लागि विभिन्न कम्पनीका ग्यासहरु वितरण गरिरहेको छ।
झरीका बीच पनि उपभोक्ताहरु ग्याँस लिन लाइनमा बसेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,