News by: helpline
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलमा बुधबार साँझ भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परेर गम्भीर घाईते भएका ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको थियो । दुर्घटनामा करिब ४० जना घाइते भएका प्रहरीको भनाइ छ ।
नेचर हब भन्ने संस्थाका कर्मचारी पिकनिक गएर फर्कँदा बस दुर्घटनामा परेको थियो । मृतकमध्ये एकजना ५५ वर्षीया शान्ति गुप्ता रहेको खुलेको छ ।
अन्यको सनाखत हुन बाँकी रहेको छ । आज साँझ करिब ६ बजेतिर शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिङपौवाबाट साँखुतर्फ आउँदै गरेको सो बस दुर्घटनामा परेको हो ।
बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,