News by: helpline
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
रिजाललाई बानेश्वरमा रहेको निवासबाटै मंगलबार बिहानै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहनु भएका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको बताइएको छ ।
रिजालमाथि आन्दोलनमा दमन गरेको आरोप लागेको छ । यसअघि प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की आयोगको प्रतिवेदनको आधारमा ओली,लेखक र रिजाललाई पक्राउ गरिएको दाबी सरकारको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,