News by: helpline
काठमाडौं । मंगलबार बिहान आफ्नै निवासबाट पक्राउ गर्नुभएका काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिर जमानीमा रिहाई हुनु भएको छ ।
जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजेको बखत उपस्थित हुने गरी हाजिर जमानीमा रिजाललाई छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिनुभयो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा उहाँलाई मंगलबार बिहान मात्र पक्राउ गरिएको थियो।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा रिजाललाई पक्राउ गरिएको प्रहरीले बताएको थियो । कार्की आयोगको प्रतिवेदनका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ततकालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,