News by: helpline
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित एक कार्यक्रममा बोल्दै थापाले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । थापाले भन्नुभयो , ’नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ ।’
उहाँले काठमाडौंका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्ने आधार नखोसिने पनि बताउनुभयो । ’काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन’, थापाले भन्नु भयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने