News by: helpline
काठमाडौंं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संघीय राजधानी उपत्यका अन्र्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेसका उम्मेदवारहरुका तर्फबाट साझा योजनासहितको प्रतिबद्धता तयार पार्ने गृहकार्य थाल्नुभएको छ ।
काठमाडौं ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने पहल गर्नुभएको हो । खाका बनाउनका लागि उनले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्श गरिररहनु भएको छ ।
परामर्शपश्चात तयार पारिने योजना सार्वजनिक गर्ने तयारी गरिएको महामन्त्री पौडेलले बताउनुभयो । ‘संघीय राजधानीमा धेरै जिल्ला र क्षेत्र छन्,’उहाँले भन्नुभयो, ‘आ आफ्नो क्षेत्रमात्र भन्दा पनि सबै जिल्ला र क्षेत्रको विकासमा साझा सहमति जुटाएर अघि बढे नागरिक माझ जान र भावी दिनमा काम गर्न समेत सजिलो हुने विश्वास छ ।’
महामन्त्री पौडेलले सांसद रहँदा उपत्यकाको रिङ रोडको विकासका लागि उपत्यकाभित्रका सांसदहरुसँगको सहकार्यमा दबाबमूलक अभियान चलाउनुभएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने