News by: helpline
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट चार जनाको नाम सिफारिस गरेको छ।
नेकपा काठमाडौं जिल्ला कार्यदलले गत शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।
सिफारिस सूचीमा पार्टीका सहसंयोजक माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्। नेकपाको जिल्ला कार्यदलले क्षेत्रीय अवस्था र पार्टीको सांगठनिक मूल्यांकनका आधारमा उम्मेदवारहरूको नाम केन्द्रमा पठाएको जनाएको छ।
काठमाडौं–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतम निर्वाचित हुनु भएको थियो ।
आगामी निर्वाचनका लागि प्रमुख दलहरूको तयारी तीव्र बन्दै जाँदा काठमाडौं–२ लाईराजनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेरिएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,