24th December 2025, Wednesday

कृषि तथा पशुपन्छी मन्त्री अधिकारीद्वारा राजीनामा,स्वास्थ्यमन्त्री पौडेलले पनि राजीनामा दिंदै

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।

सोमबार भएको जेनजी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै मन्त्री अधिकारीले मंगलबार राजीनामा दिनु भएको हो । मन्त्री अधिकारीले देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार कसरी हुन पुग्यो भन्ने जवाफ नखोजी सत्तामा बस्न आफ्ना लागि सह्य नभएका कारण राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या भएको अधिकारीले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ । 

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पनि राजीनामा दिनुहुने भएको छ ।

देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै पौडेलले राजीनामा दिने बताउनु भएको हो ।



No ad available.


No ad available.