News by: helpline
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ ।
सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । उहाँँका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ४० अर्ब ४४ करोड ९८ लाख रकम विनियोजन गरिएको छ ।
यसैगरी मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको सेमबार बसेको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गर्नुभएको हो ।
यस्तै कर्णाली सरकारले आर्थिक वर्ष २०८३/८४ को ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रूपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आर्थिक वर्ष २०८३/८४ को ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रूपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,