24th December 2025, Wednesday

किसान र रामकुमारी एमालेमै फर्किए

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा जानु भएका रामकुमारी झाक्री र किसान श्रेष्ठ पुनः एमालेमै फर्किनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई एमालेले सुरु गरेको घर फर्क अभियानका क्रममा आज सोमबार एमालेमा भित्र्याउनु भएको हो । सो अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टोल टोलामा सुरक्षा दस्ता गठन गर्ने बताउनु भयो ।

ओलीले यस्तो दस्तामा युवा भोलेन्टियर्सहरु संग्लन हुने पनि उल्लेख गर्नुभयो । ओलीले एमालेले युवा भोलन्टियर फोर्स गठनको तयारी गरिसकेको गत १६ गतेबाट यो गठनको प्रारम्भ भइसकेको बताउँदै मंसिर ५ गते त्यसलाई राष्ट्रिय स्तरमा बढाउने बताउनुभयो ।

उहाँले महिलाहरु सिक्री लगाएर हिँड्न पनि नसक्ने अवस्था रहेको भन्दै असुरक्षा बढेको तर्क पनि गर्नुभयो ।



No ad available.


No ad available.