News by: helpline
काठमाडौं । एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा जानु भएका रामकुमारी झाक्री र किसान श्रेष्ठ पुनः एमालेमै फर्किनु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई एमालेले सुरु गरेको घर फर्क अभियानका क्रममा आज सोमबार एमालेमा भित्र्याउनु भएको हो । सो अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टोल टोलामा सुरक्षा दस्ता गठन गर्ने बताउनु भयो ।
ओलीले यस्तो दस्तामा युवा भोलेन्टियर्सहरु संग्लन हुने पनि उल्लेख गर्नुभयो । ओलीले एमालेले युवा भोलन्टियर फोर्स गठनको तयारी गरिसकेको गत १६ गतेबाट यो गठनको प्रारम्भ भइसकेको बताउँदै मंसिर ५ गते त्यसलाई राष्ट्रिय स्तरमा बढाउने बताउनुभयो ।
उहाँले महिलाहरु सिक्री लगाएर हिँड्न पनि नसक्ने अवस्था रहेको भन्दै असुरक्षा बढेको तर्क पनि गर्नुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक