24th February 2026, Tuesday

कार्यन्वयनमा आयो निर्वाचन आचारसंहिता

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता कार्यान्वन भएको छ । आइतबार मध्यरात १२बजेदेखि निर्वाचन आचारसंहिता कार्यान्वनमा ल्याइएको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी जारी गरिएको निर्वाचन आयोगले जनाएको छ । नेपाल सरकार, प्रदेश सरकार स्थानीयतह लगायत कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनहरु सबैले आचारसंहिता पालना गर्नुपर्ने छ । आचारसंहिताले डिजिटल प्रचार प्रसारलाई प्राथमिकता दिएको छ। अनुगमन प्रभाबकारी बनाउने र आचारसंहिता उल्लघनमा कडाइका साथ कारबाही गर्ने निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपियाँसम्म जरिबाना गर्न तथा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था गरिएको छ ।

No ad available.


No ad available.