22nd October 2026, Thursday

क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । जापानमा भइरहेको आइची–नागोया एसियाली खेलकुद २०२६ मा क्रिकेटमा नेपालले विजयी सुरुआत गरेको छ ।

नागोयास्थित कोरोबी एथलेटिक पार्कमा नेपालले शुक्रबार अफगानिस्तानलाई पाँच विकेटले हरायो । अफगानिस्तानका कप्तान दार्विस रसुलले टस जितेर गरेको पहिले ब्याटिङको निर्णय गलत सावित भएको थियो । नेपालका लेफ्ट आर्म स्पीनर ललित राजवंशीले सुरुमै तिन र त्यसपछि कामचलाउ बलर कुशल भुर्तेलले चार विकेट लिएपछि अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १०२ रनको सामानय स्कोर बनाएको थियो ।

 नेपालले १६ बल बाँकी छँदै पाँच विकेटको क्षतिमा १०३ रन बनाएर लक्ष्य प्राप्त ग¥यो । नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हराएको हो । सन् २०१४ मा बङगलादेशमा भएको टि२० विश्वकपमा अफगानिस्तानलाई नौ रनले हराएपछि नेपालले पुनः सो टिमविरुद्ध जित प्राप्त गरेको हो । सोही वर्ष अफगानिस्तानले इन्छन एसियाडमा पनि नेपाललाई क्वाटरफाइनलमा दुई विकेटले हराएको थियो । अब समूह एमा रहेको नेपालले शनिबार आयोजक जापानसँग खेल्नेछ ।

सो खेल जितेमा नेपाल समूह विजेता बनेर अगाडि बढ्नेछ । दुई समूहबाट शीर्ष दुई स्थानमा रहने टिम क्वाटरफाइनलमा पुग्ने प्रावधान रहेको छ । समूह बीमा मलेसिया, हङकङ र ओमान रहेका छन् । गत विजेता भारत, पाकिस्तान, श्रीलङ्का र बङगलादेशले सीधै अन्तिम आठमा खेल्नेछन् ।



No ad available.


No ad available.