News by: helpline
काठमाडौं । कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा भे १ ख ४३७६ नम्बर को यात्रुबाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका हुन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस गएराति करिब १२ः३० बजे दुर्घटनामा परेको हो। बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २६ जना घाइते भएका कपिलवस्तु प्रहरीले जनाएको । घाइतेमध्ये आठ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुई महिला र दुई पुरुषको बुटवलमा तथा तीन पुरुषको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएका १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्। बसमा चालकसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,