News by: helpline
काठमाडांै । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ ।
अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ । हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको हो । महाराजगन्जको वडा नं २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरुको नवरात्र मनाउने क्रममा विवाद उत्पन्न भएको थियो ।
झडपमा प्रहरी र दुवै समुदायका तर्फबाट एक बालकसहित कुल ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,