News by: helpline
काठमाडौं । युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले सफललाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको साथै अन्तर्वाता दिएको पाइएको र दिएका अन्तर्वार्तामा झूटा आरोप लगाएको बताउनु भयो ।
कारबाहीको लागि महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार भएबमोजिम अनुसन्धान गर्दा पौडेलले तथ्यहीन कुरा गरेको देखिएको प्रहरीको भनाइ छ । सफललाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको छ ।
महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले सफलमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,