24th December 2025, Wednesday

कुलमानलाई धक्का, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वाेच्चको आदेश

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ ।

ऊर्जामन्त्रीका रूपमा कुलमान घिसिङले शपथ लिएपछि बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो ।

 जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्नु भएका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसविरुद्ध शाक्य सर्वोच्च अदालत जानुभएको थियो । आज सोमबार न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले कार्यकारी निर्देशककै पदमा पुनस्र्थापना गर्न आदेश दिएको हो।

 शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै गत कात्तिक २१ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।



No ad available.


No ad available.