News by: helpline
काठमाडौं । कैलाली कारागार झडप घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
जिल्ला कारागारमा कैदीबन्दीको एक समूहले अर्को समूहलाई शुक्रबार राति सांघातिक आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो भने दुवै समूहका ४८ कैदीबन्दी घाइते छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहेका छन् । छानबिन समितिले १० दिन भित्र आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्ने जनाएको छ ।
कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने